रातो र चन्द्र सूर्य,
जंगी निसान हाम्रो .
जिउँदो रगतासरी यो,
बल्दो यो सान हाम्रो ..
हिमालझैं अटल यो,
झुकेन यो कहिल्यै .
जंगी निसान हाम्रो ..
यो जन्मँदै जगतमा
कैयौं प्रहार आए .
साम्राज्य दुई हारे
हारेन सान हाम्रो ..
जबसम्म चन्द्र सूर्य
आकाशमा रहन्छन .
तबसम्म हुन्छ आफ्नै
रातो रगत यो हाम्रो ..
गाईसरि छन् साधु
जोजो यंहा जगतमा .
सबको सरन बलियो
जंगी निसान हाम्रो ..
No comments:
Post a Comment